हाट बस्ति क्षेत्रको बजारको एक रूप हो। हाटबजार सामान्यतया खुला चौर वा खुला सडकमा हुने गर्दछ। हाट बजारमा निश्चित दिन बजार लाग्ने गर्दछ जहाँ स्थानीय मानिसहरू सामानको किनबेच गर्ने गर्दछन्।

  1. हाट बजार क्षेत्रभित्र स्वच्छ खानेपानीको उचित प्रबन्ध हुनुपर्नेछ । 
  2. हाटबजारमा हुने जनघनत्वको आधारमा महिला र पुरुषको लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गर्नुपर्नेछ ।
  3. हाट बजारको संरचना निर्माण गर्दा प्राविधिकको सहयोगमा पानी नजम्ने र ढलको उचित व्यवस्थापन गर्नुपर्नेछ । 
  4.  फोहोरमैला व्यवस्थापन र प्रदुषण नियन्त्रण: 
    • हाटबजारको फोहोरमैला व्यवस्थापन तथा प्रदुषण नियन्त्रणको समितिले गर्नुपर्ने। 
    • हाटबजार क्षेत्रभित्र होहल्ला र प्रदुषण (ध्वनी, वायु, माटो, जल आदी) गराउन पाईने छैन साथै अनावश्यक पोस्टर, फ्लेक्स तथा विज्ञापन सामग्रीहरु टासँ वा राख्न पाईने छैन । 
    • हाट बजारमा प्लाष्टिकको प्रयोगलाई निरुत्साहित गर्ने । 
    • हाट बजारमा प्लाष्टिक झोलाको प्रयोग पूर्णरुपमा निषेध गर्ने । 
  5. हाटबजारमा विक्री वितरण गर्ने कृषि तथा पशुजन्य उपजहरु, लत्ताकपडा, भाँडाकुँडा, ठेला प्रयोग गरी राखिने वस्तुहरु (फलफुल, खाजा, पक्वान आदी) छुट्टाछुट्टै वा एकै प्रकारको व्यवसायलाई एकैलहरमा व्यवस्थापन गर्ने । 
  6. बजार क्षेत्र भित्र मदिरा, सुर्तिजन्य पदार्थ अखाध वस्तुको प्रयोग, विषादी, विक्री वितरण तथा सेवनमा पूर्णरुपमा निषेध गर्ने । 
  7. हाट बजारको स्टल/टेवल अनुपात कृषिजन्य र स्थानिय उत्पादन ८० प्रतिशत तथा अन्य तयारी सामग्रीको अनुपात २० प्रतिशतको राख्ने । 
  8. उत्पादकद्धारा नै विक्री गर्ने कृषि उपज लगायतका अन्य सामग्रीलाई विशेष प्राथमिकता दिनुपर्नेछ । कुल स्टल संख्याको कम्तिमा १० प्रतिशत स्टल यस्ता उत्पादकहरुका लागि आरक्षित गर्नुपर्नेछ । 
  9. हाट बजारमा असल अभ्यास वा आई.पि.एम. वा प्रांगारिक कृषि उपजको लागि अनिवार्य रुपमा न्यूनतम ३ वटा स्टल निःशुल्क उपलब्ध गराउनुपर्नेछ
  10. हाटबजार प्रवेशको स्थानमा हाटबजारको नाम तथा परिचय खुल्ने बोर्डको व्यवस्थाको साथै प्रत्येक टहरा, भवन तथा स्टलको संरचनामा नाम वा स्टल नम्बर प्रष्ट देखिने गरि राख्नुपर्नेछ ।  
  11. प्स्टल/टेवलको बहाल प्रत्यक महिनाको १ गते नै बुझाउनु पर्ने छ ।