गुम्दामा सुत्केरी व्यथाले छट्पटिएका सरिताहरु... !

Posted on 21 Mar 2016 in Media Caravan by Manisha

 जब १६ वर्षीया पत्नी सरिता विकलाई व्यथा लाग्यो, उनका पति ईश्वर पनि छट्पटाउन थाले। जिल्लाको दुर्गम गुम्दा गाविस–५ माथिखोला घर भएका दलित दम्पत्ति सामु विकल्प धेरै थिएनन्। सुत्केरी गराउने केही सुविधा नभएको गाउँमा जोखिम मोलेरै परम्परागत रुपमा नै सुत्केरी गराउनुको विकल्प थिएन। ‘बाहिर लगौं भने गाडी छैन। हेलिकोप्टर मगाउँ पैसा छैन,’ ईश्वरले यही फागुन पहिलो साताको त्यो दिन सम्झिए, ‘के गरौं,  कसो गरौं भयो। बडो गाह्रो। हाम्रो दुःख पीडा कसले बुझ्ने ? त्यसमा पनि चिसो ठाउँ।'

गुम्दामा रहेको स्वास्थ्य चौकीमा भेटिएका ईश्वरले १४ वर्षकै उमेरमा बिहे गरे। उनी आफ्नो पहिलो सन्तानको व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका थिए। तर, पत्नीको चार दिनदेखि दुखिरहेको पेटको उपचार त्यहाँको स्वास्थ्य चौकीका अहेवको बुताभन्दा बाहिरको कुरा थियो। डाक्टर (अहेब) भन्दै छसक्नु हुन्छ भने सदरमुकाम गोरखा लिएर जानु। तर कसरी लिएर जाने यस्तो अवस्थामा ?’ 
 
गुम्दा स्वास्थ्य चौकीका प्रमुख अहेव दिलप्रसाद गुरुङ भन्छन्, 'सरिता विकको अवस्था अल जटिल नै देखिएको छगर्भवती महिलाको गर्भ परीक्षण गर्न मेसिन छैन। त्यही भएर अलिकति समस्या भएको हो।'
 
वैशाख १२ को बिनासकारी भूकम्पले धेरैलाई पीडा दियो। तर सहर बजारका अस्पतालहरु लगत्तै सुचारु भए पनि गाउँका स्वास्थ्य चौकी भत्किएका छन्। अधिकांशको पुनःनिर्माण त भएको छैन नैदुरदराजका बिमारी कतिपय आधारभूत स्वास्थ्य सेवाबाट समेत बञ्चित छन्। उत्तरी गोरखाको उच्च हिमाली गाविसहरुमा कैयौ सुत्केरी तथा गर्भवती महिलाहरु सरिताको जस्तै पीडा भोगिरहेका छन् यतिबेला।

गत वैशाखको महाभूकम्पको केन्द्रबिन्दु (बारपाक) रहेको गोरखा जिल्लाका लाप्राकगुम्दाउइया लगायतका गाविसहरुमा बसोबास गरिरहेका सुत्केरी तथा गर्भवती महिलाहरु नियमित लगाउनु पर्ने खोपहरुबाट पनि बञ्चित छन् जसले गर्दा आमा र नवजात शिशु दुवैको स्वास्थ्यमा असर परिरहेको छ। भूकम्पले भत्काएका स्वास्थ्य चौकीहरुको पुनःनिर्माण नहुँदा र अस्थायी रुपमा टेन्टमुनि सञ्चालन रहेका स्वास्थ्य चौकीहरुमा पनि औषधी नहुँदा त्यहाँका स्वास्थ्यकर्मीहरुले घरेलु तरिकाबाट सुत्केरी गराइरहेका छन्।

गुम्दामा रहेको स्वास्थ्य चौकीका प्रमुख अहेव दिलप्रसाद गुरुङ भन्छन्, ‘एक वर्ष मुनिका २० जना सुत्केरी आमाहरु हाम्रो सम्पर्कमा छन्। सबै जना पालमा बस्छन्। स साना बच्चाहरु धेरै बिरामी हुन्छन् तर उनीहरुलाई दिने औषधी नै छैन हामीसँग।

गुरुङले अझै थपे, 'खास गरी सुत्केरी र गर्भवती महिलाहरुलाई धेरै समस्या भएको छ। यहाँ पालमुनि सुत्केरी गराउनुपर्छऔषधी केही छैन। घरेलु तरिकाबाट सुत्केरी गराउनुपर्छ।’ उनका अनुसार स्थानीयवासी बच्चाहरुलाई ज्वरो लाग्नेखोकी लाग्नेटाउको दुख्नेनिमोनिया लाग्नेपखालाका बिरामी लिएर आउँछन् ।

भूकम्पपछि गुम्दामा कति जना महिलाहरु सुत्केरी छन् भन्ने स्वास्थ्य चौकीमा कुनै लिखित रेकर्ड त छैन तर अनुमानकै भरमा भूकम्प यता झण्डै ४० जना महिलाहरु सुत्केरी भएको गुरुङको भनाई छ।

उनका अनुसार जिल्ला र विभिन्न संघ/संस्थाहरुबाट भूकम्पपछि औषधीहरु त आए तर यहाँ कुन औषधीको आाश्यकता रहेको छ त्यो कुरा नबुझी जसलाई जे/जे मन लाग्यो त्यही/त्यही औषधी पठाए। गुरुङ भन्छन्, ‘त्यस्ता औषधीको यहाँ काम नै भएन। हामीसँग औषधी नहुँदा जन्मिने बित्तिकै बच्चाहरुलाई लगाउनु पर्ने बिसीजी खोपछ सातापछि लगाउनु पर्ने डिपीटीपोलियो र ९ महिनादेखि ३६ महिनासम्म लगाउनु पर्ने दादुराको खोप लगाउने काम भएनकेही बाहेक। औषधी ९ महिनादेखि लगाएको छैन दुई/चार वटा आयो तर त्यो सक्यो र फेरि नियमित आएन।

माझ गाउँ घर भएकी २७ वर्षीया विष्णु गुरुङ। विष्णुले माघको अन्तिम साता छोरी जन्माइन् भूकम्पले भत्काएको घर र भत्किएकै घरमाथि बनाएको पालमूनि। विष्णुको पति संजिव गुरुङ गाउँमै पशुपालन गर्छन्।

संजिव छोरीलाई निमोनिया भएको आशंका गर्छन् तर जाच्ने कहाँ? ‘केही खाँदैनअलिअलि ज्वरो आएपछि स्वास्थ्य चौकीमा लगेको थिएँ तर हरियो औषधी (सिटामोल) दिनुभयो डाक्टरले। ठीक नै भएन। अब के गर्ने ?’ यहाँ मानिस स्वास्थ्य चौकीको अहेवा वा अन्य सबै औषधी दिने कर्मचारीलाई डाक्टर भन्ने चलन छ।

बच्चा हुने बेलामा पनि धेरै समस्या भयो। घर भत्किएको छ। पालमुनि छोरीको जन्म भयो। चिसो पनि त्यस्तै छबच्चालाई बचाउनै गाह्रो भएको छ भने बच्चाको आमालाई खुवाउने पोशिलो कुरा केही छैन,’ संजिवले आफ्नो दुखेसो सुनाउँदै थिए।

त्यस्तै गुम्दा गाविस४ यम गाउँकी २४ वर्षीया मनमाया गुरुङ पनि आफ्नो बच्चा कोक्रामा लिएर स्वास्थ्य चौकी परिसरमै भेटिइन्। छ महिनाको छोरालाई ज्वरो आएको झण्डै दुई साता भयो तर स्वास्थ्य चौकीमा लिएको औषधीले काम गरेको छैन। मनमाया गुरुङले हातमा रहेको औषधी देखाउँदै भनिन्, ‘औषधी खुवाएको छु तर काम गरेको छैनछोरा जति बेला पनि रोइरहेको हुन्छचिसो पनि त्यतिकै रहेको छ। थप उपचारको लागि यत्रो साना बाबु लिएर कहाँ जाने ?’  

गुम्दामा दुई ठाउँमा स्वास्थ्य चौकी थिए तर भूकम्पमा परी दुवै स्वास्थ्य चौकी भग्नावशेषमा परिणत भए। त्यसपछि गुम्दाका सिम्लायम गाउँलप्सीबोटखानी वेसीपुच्छार गाउँमाझ गाउँसिरान गाउँका सर्वसाधारण स्वास्थ्य सेवाबाट वञ्चित हुँदै आएका छन्।
यतालाप्राकको अवस्था पनि त्यस्तै छ। हुन त लाप्राकमा गुम्दाको तुलनामा केही बढी औषधी आएको छ तर अवस्था उस्तै। जोखिम मोलेर भए पनि अहिले लाप्राकसम्म सवारी साधन चलिरहेका छन्।

लाप्राकमा रहेको स्वास्थ्य चौकीका प्रमुख अहेव अनत गुरुङका अनुसार भूकम्प यता ४२ जना महिलाहरु सुत्केरी भएको र १२ जना अहिले गर्भवती जाँचको लागि आइरहेका छन्। अहेव गुरुङको पीडा सुनिनसक्नु छ। आफ्नै आँखा अगाडि गर्भवती दिदी बहिनीहरु छट्पटाइरहे पनि आफूले केही गर्न नसकेको उनी बताउँछन्।
 
उनी भन्छन्, ‘गर्भवती जाँच गर्ने केही मेसिन छैनअनुमानकै भरमा जाँच गर्नुपर्छ। केही साताअघि सुत्केरीका लागि औषधीहरु मगाएको थिएँ तर अर्कै औषधी पो पठायो। सुत्केरी गराउनका लागि अति आवश्यक पर्ने सुत्केरी सामग्री पनि छैन। अनि कसरी सुत्केरी गराउनेतपाईँ आफै सोच्नुस्हामी बाध्य भएर घरेलु तरिकाबाट सुत्केरी गराउँछौं।
 
केयर नेपालका सामाजिक परिचालक किरण गुरुङको अनुभव गुरुङसँग सहमति जनाउछन्। भन्छन्, ‘औषधी नआएको होइनतर यहाँ कुन औषधी पठाउने हो वा होइन त्यो कुरामा बिचार गर्नुपर्छ। अस्ति हामी फिल्डमा जाँदा त्यस्तै देखियो जुन बिरामी भएपनि सबै जनालाई स्वास्थ्य चौकीका डाक्टरले सिटामोल दिन्थे। म आफै दंग परेँ। यसो हेर्दा त अरु औषधी नै थिएन। डाक्टर बाध्य भएर सबैलाई सिटामोल बाँडिरहेका थिए।’ लाप्राक भन्दा माथिका मानिसहरु औषधी भन्दा पनि जडिबुटी नै प्रयोग गर्थे। तर अवस्था अहिले त्यस्तो छैन। जसलाई जेजे औषधी चाहिएको हुन्छ सदरमुकामबाटै किनेर आफै लैजान्छन् दुई महिना चार महिनाका लागि।
 
सिम्लामा भेटिएका उइया२ का राजु गुरुङको कथा त झन् पीडादायी थियो। राजुले भने अनुसार लाप्राकसम्म त जोखिम मोलेर भए पनि सवारी साधन आउँछ र केही मात्रामा भए पनि औषधी आउँछ। तर उइयामा त्यो पनि छैन। देश यहाँसम्म मात्र रहेछहाम्रो लागि होइन रहेछ। देश लाप्राक भन्दा माथिको नागरिकको लागि भएको भए सायद हामीले पनि सिटामोल पाउँथ्यौँ होला,’ उनले भने।

राजुले अझै थपे, ‘भूकम्पको समयमा हेलिकोप्टरहरु आएको थियो केही राहत लिएर त्यसपछि आएन। हामी तीन दिन हिँडेर सदरमुकाम गोरखाबजार पुग्छौं। हामीलाई भगवानले बचाएको हो सरकारले होइन। गाउँमा एउटा स्वास्थ्य चौकी त छ तर बन्द भएको धेरै भयो। त्यो स्वास्थ्य चौकीमा भूकम्पपछि डाक्टर आएको छैनऔषधी त धेरै टाढाको विषय हो।’ भूकम्प गएको झण्डै १० महिना भइसक्दा पनि आजसम्म कुनै खोपको कार्यक्रम उइयामा नगएको उनले बताए। राजुसँगै रहेका प्रतीक गुरुङका अनुसार सुरुमा नेपाली सेनाले औषधी वितरण गरेको थियो। तर अहिले औषधी नभएकाले घरेलु उपचार गरेर बच्चाहरु बिरामी पर्दा निको पार्ने गरेको बताए।
 
महँगै भए पनि सहर बजारमा स्वास्थ्य सुविधा उपलब्ध छ। तर विकट पहाडी भेगमा कष्टकर जीवन बिताइरहेका गाउँलेहरु आफ्नो थातथलो छाड्न तयार छैनन्। जीवनभर कमाएको सबै कुरा यतै छअरु ठाउँ जाउँ भने कहाँ जानेयहाँ बसौं भने कसरी बस्नेदुःखै दुःख छ यता। सबै आउँछन्सोधेर जान्छन् तर कसैले केही गरेको छैन,’ उनले भने।

जिल्ला जनस्वास्थ्य कार्यालय गोरखाका प्रमुख महेन्द्रध्वज अधिकारीले उइयामा रहेको स्वास्थ्य चौकीमा भूकम्प यता कर्मचारी नभएको स्वीकारे। दुई साताअघि हामीले दुई जना स्वास्थ्यकर्मी पठाएका छौं। भूकम्पमा जिल्लाको ८० प्रतिशत स्वास्थ्य चौकी भत्किएको रहेको छ। त्यसको पुनःनिर्माण नहुँदा अहिले पालमूनि स्वास्थ्य चौकी सञ्चालन गरेको बताउँदै पालमूनिबाट स्वास्थ्य सेवा दिन धेरै समस्या भइरहेको छ,’ उनले भने।

उनीहरु उइया पुगेको हो वा होइन अहिले सम्पर्कमा नआएको उनले स्वीकारे। अधिकारीका अनुसार गोरखाको भौगोलिक बनावट दुर्गम र हिमाली भएको कारणले गर्दा केही उच्च हिमाली क्षेत्रतिर औषधी पठाउनमा समस्या भएको छ। तीन साता अघि गुम्दा र लाप्राक लगायतका गाविसहरुमा पहिलो चरणको खोपहरु पठाइसकेकाले औषधी नभएको अवस्था नरहेको जिकिर उनको थियो। भूकम्प पश्चातको केही महिना र नाकाबन्दीको समयमा औषधीको समस्या भएकै हो तर अहिले त्यस्तो छैनहिमाली केही गाविस बाहेक,’ प्रमुख अधिकारीको भनाइ थियो।

साथै उनले दुर्गम गाविसहरुबाट कुन औषधीको माग बढी छ र कुनको कम त्यसको बारेमा एकिन जानकारी नआएको कारणले जिल्लाबाट अनुमानकै भरमा औषधी पठाउनु पर्ने बताए। अहिले स्वास्थ्य चौकीको आफ्नो भवन नभएको कारणले पनि उपचारमा समस्या भइरहेको उनले स्वीकारे। हामीले जनस्वास्थ्यका प्रमुखलाई अहिले त्यस क्षेत्रमा कति महिला सुत्केरी रहेको भनेर सोध्दा त्यस क्षेत्रका मानिसहरु पहिला पनि स्वास्थ्य चौकमा कमै आउँथे, अहिले पनि त्यस्तै रहेछ भन्दै पन्छिए।

यतास्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले अहिले कुनै ठाउँमा त्यस्तो हो भने तुरुन्त औषधी लिएर जान आजै जिल्ला जनस्वास्थ्य कार्यालयलाई निर्देशन दिने बताए। उनले भने, 'जहाँसम्म स्वास्थ्य चौकीमा कर्मचारी नबस्ने कुरा हो त्यसको बारेमा किन ती क्षेत्रमा उनीहरु नबसेको हो बुझ्नेछौं र दोषी पाए कारबाही हुनेछ।

उइयागुम्दालाप्राक लगायतका गाविसहरुमा भूकम्पमा झण्डै एक सय नागरिकको ज्यान गएको थियो।

प्रकाशित मिति: बिहिबार, १३ फागुन २०७२
लेखक: सुभक महतो 
पहिलोपोस्टबाट साभार गरिएको ।

http://www.pahilopost.com/content/-13561.html

Story Map